Below Menu
Below Menu

राष्ट्रिय सभाका सदस्य जगत बहादुर पार्कीले तिरेनन् सहकारीको ऋण

राष्ट्रिय सभाका सदस्य जगत बहादुर पार्कीले तिरेनन् सहकारीको ऋण

काठमाडौं : राष्ट्रिय सभाका सदस्य जगत बहादुर पार्कीले सहकारीको ऋण नतिरेको पाईएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता समेत रहेका पार्कीले काठमाडौंको बानेश्वर स्थित मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्थामा ऋण नतिरेको पाईएको हो ।

पार्कीले लिएको कर्जा नतिरेपछि सहकारीले राष्ट्रिय दैनिक पत्रिकामा समेत ३५ दिने सूचना जारी गरेको छ । २०८१ असार ९ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकमा ३५ दिने सूचना प्रकाशन गर्दै संस्थाले कर्जा चुक्ता गर्न ताकेता गरेको छ । पार्कीले कर्जा लिँदा मान बहादुर कामी जमानी बसेका थिए ।

पार्कीलाई कर्जा तिर्न आउन पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि संस्थाले पत्रिकामा नाम निकालिएको हो । ३५ दिन भित्र कर्जा चुक्ता नगरेमा बागमती प्रदेश सहकारी ऐन २०७६को दफा ६४, बागमती प्रदेश सहकारी नियमावली २०७६को दफा १९ र संस्थाको विनियम एवं नीति तथा कार्यविधि बमोजिम बक्यौता रकम असुल उपर गरिने संस्थाले जनाएको छ । धितो लिलाम विक्रिबाट पुरै रकम असुल नभए ऋणी वा निजको एकाघरको नाममा भएको चल अचल सम्पत्तीबाट असुल उपर गरिने समेत संस्थाले जारी गरेको सूचनामा भनिएको छ ।

आलीताल-५, डडेलधुरा स्थायी निवासी पार्की २०७८ माघ १२ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा विजयी भएका थिए । 

Advertisment

थप समाचार