काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ७०.१८ अंकले बढेर २२४०.४१ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २०४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि उछाल देखिएको छ । आज बजारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा नौ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सिंगटी हाइड्रो इनर्जी कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २३ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सेन्ट्रल फाइनान्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सिटिजन म्युचुअल फण्ड –२ को शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment