Below Menu
Below Menu

नवजिवन सहकारीको मुनाफा १७ करोड नाघ्यो, जगेडा कोष मात्रै ४४ करोड

नवजिवन सहकारीको मुनाफा १७ करोड नाघ्यो, जगेडा कोष मात्रै ४४ करोड

कैलाली : धनगढीमा मुख्य कार्यालय रहेको नवजिवन सहकारी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा १७ करोड १५ लाख मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा संस्थाले १२ करोड ४८ लाख मुनाफा आर्जन गरेको थियो ।

आर्थिक संकटको बीचमा पनि संस्थाले गत आवको भन्दा करिब ५ करोड रुपैयाँ बढी मुनाफा गर्न सफल भएको छ ।  देशभरका सहकारी सकंटमा रहेका बेला नवजिवन थप उचाइमा पुग्न सफल भएकोमा संस्थाका अध्यक्ष देव बहादुर बमले खुशी ब्यक्त गरे । सम्पुर्ण सेयर सदस्य, सञ्चालक समिति र कर्मचारीहरुलाई बमले धन्यवाद समेत दिएका छन्।

संस्थाको सेयर पुँजी ३० करोड ८० हजार र जगेडा कोष ४४ करोड ७६ लाख ७४ हजार रकम पुगेको छ । संस्थाले ५ अर्ब १ करोड ३९ लाख निक्षेप संकलन, करिब ४ अर्ब लगानी र तरलता १ अर्ब ६७ करोड ७६ लाख ७७ हजार रहेको छ । संस्थाको अन्य कोषमा ४ करोड २० लाख १ हजार रुपैयाँ जम्मा भएको छ । ६४ जना सदस्य सुरु भएको  नवजिवन सहकारीमा हाल ३३ हजार बढी सेयर सदस्य छन् ।

 देशभरी कार्यक्षेत्र रहेको संस्थाले हाल कैलाली, कञ्चनपुर र बर्दियामा गरी १० वटा सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ । डडेल्धुरा र काठमाडौंमा समेत सेवा केन्द्र सञ्चालनका लागि संस्थाले अनुमती पाइसकेको छ ।

संस्थाले आफ्नो कारोबार सञ्चालनका लागि अत्याधुनिक बैकिंङ सप्टवेयर प्रयोग गर्नुका साथै एटिएम र मोवाइल बैकिंङ सेवाहरु समेत प्रदान गरिरहेको छ । संस्थाले प्रधान कार्यालय, धनगढी सेवा केन्द्र, टिकापुर सेवा केन्द्र, बासगढी, बर्दिया, अत्तरिया सेवा केन्द्रमा आफ्नै भवनबाट सेवा दिइरहेको छ भने सुख्खड र जोशिपुर सेवा केन्द्रमा भवन निर्माणका लागि जमिन खरिद गरिसकिएको अध्यक्ष बमले बताए ।

Advertisment

थप समाचार