काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि उछाल देखिएको छ । आज बजारमा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल इन्भेष्मेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, थ्री स्टार हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज कुमारी सबल योजनाको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment