काठमाडौं : मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री (लकइन पिरियड) भदौं गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारण लागि खुला गरेको शेयर २०७८ भदौं ७ गते बाँडफाँट गरी संस्थापक शेयरधनी र कर्मचारीहरुका छुट्याएको ७ लाख ५ हजार ४६९ कित्ता शेयर लकइनमा राखेको थियो । जसमा संस्थापक शेयरधनीलाई छुट्याएको ७ लाख र कर्मचारीहरुका लागि राखेको ५ हजार ४६९ कित्ता शेयर रहेको छ ।
उक्त शेयरको लकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
Advertisment