Below Menu
Below Menu

एक वर्षमा लगानीकर्ताको सम्पत्ति चार खर्ब ७१ अर्ब रुपैयाँले बढ्यो 

एक वर्षमा लगानीकर्ताको सम्पत्ति चार खर्ब ७१ अर्ब रुपैयाँले बढ्यो 

काठमाडौं : एक वर्षमा लगानीकर्ताको सम्पत्ति साढे चार खर्ब रुपैयाँले बढेको छ । आर्थिक २०८०/८१ को अन्त्यमा कुल बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । 

अघिल्लो आवमा ३० खर्ब ८२ अर्ब ५२ करोड रुपैयाँ रहेको यूस्तो रकम एक वर्षमा ४ अर्ब ७१ अर्ब १५ करोड रुपैयाँ पुगेको हो । 
यस अवधिमा कम्पनीको शेयर संख्या मात्र नभई शेयर बजारमा भएको वृद्धिले पनि लगानीकर्ताको सम्पत्तिीत्त बढेको हो ।

एक वर्षको अवधिमा नेप्से परिसूचक ६.८३ प्रतिशत अर्थात १४३.३१ अंकले बढेको छ । परिसूचक बढेसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि देखिएको हो । 

आव ०७९/८० को असार मसान्तमा २०९७.१ कायम रहेको नेप्से परिसूचक आव २०८०/८१ को अन्तिम दिन अर्थात असार मसान्तस्म्म २२४०.४१ बिन्दुमा पुगेको छ ।

 गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १३ मध्ये नौ वटा उपसमूहहरु बढेका छन् । बाँकी चार वटामा उपसमूहमा भने गिरावट आएको छ ।

गत आर्थिक वर्षमा सेन्सेटिभ इण्डेक्स पनि ०.७७ प्रतिशतले बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ३५.२६ प्रतिशतले बढेको छ । यसैगरी, म्युचुअल फन्ड ३४.७९ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार उत्पादन तथा प्रशोधन र लघुवित्त समूह क्रमशः १९.३४ र १८.९९ प्रतिशतले बढेका छन् ।

त्यस्तै हाइड्रोपावर १७.५९ प्रतिशत, ट्रेडिङ समूह १५.५७ प्रतिशत, लगानी १४.४३, विकास बैंक १३.८२ र अन्य समूहहरु ९.३७ प्रतिशतले बढेका छन् । हाल दोस्रो बजारमा २४३ कम्पनीहरु सूचीकृत छन् ।

केही समय अघिसम्म प्यानिक अवस्थामा रहेको शेयर बजार पछिल्लो समय सुधारिँदै गएको छ । राष्ट्र बैैंकको लचक मौद्रिक नीति र घट्दो ब्याजदरका कारण पनि लगानीकर्तामा कन्फिडेन्स बढ्दै गएको हो । 

यसका साथै राजनीतिक अस्थिरताका कारण पनि बजार प्रभावित बनेको थियो । तर, एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री बनेसँगै शेयर बजारमा उछाल देखिएको छ । अर्थमन्त्री पौडेल शेयर बजारप्रति सकारात्मक रहेको भन्दै अब बजारले गति लिने लगानीकर्ताको भनाई छ ।

Advertisment

थप समाचार