Below Menu
Below Menu

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नेछन् ।

उक्त प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरिनेछ । 

त्यस्तै, सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने विषय पनि कार्यसूचीमा रहेको छ ।

Advertisment

थप समाचार