Below Menu
Below Menu

नेप्से परिसूचक ६१ अंकले बढ्यो, १५ अर्ब २३ करोडको कारोबार 

नेप्से परिसूचक ६१ अंकले बढ्यो, १५ अर्ब २३ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ५९.६८ अंकले बढेर २४२४.३२  बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ५६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । आज बजारमा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सोल्टी होटल लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा युनाइटेड मोदी हाइड्रोपावर र समता घरेलु लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार