काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०८०/८१ काे अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकमा ४९.५६ प्रतिशत अर्थात ३० अर्ब २७ करोड ३० लाख रुपैयाँ तरलता रकम रहेको छ ।
यस अवधिमा २ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ शेयर पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ४७ करोड ३१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा कुल बचत ६१ अर्ब ७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
बैंकले यस अवधिमा २६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ ऋण लगानी गरेको छ भने कुल ऋणी सहकारी सदस्य संख्या एक हजार ५१८ रहेको छ । बैंकको कुल शेयर सदस्य संख्या १६ हजार ३२८ रहेका छन् ।
यस अवधिमा बैंकको कुल संस्थागत शेयर पुँजी एक अर्ब ४७ करोड ३१ लाख रुपैयाँ छ भने विभिन्न कोषमा जम्मा रकम १३ करोड १२ लाख रुपैयाँ रहेको छ । त्यस्तै बैंकको कुल सम्पत्ति ६९ अर्ब ५५ करोड ९ लाख रुपैयाँ रहेको छ ।
Advertisment