Below Menu
Below Menu

समस्याग्रस्त सिभिल सहकारीका ऋणीलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम 

समस्याग्रस्त सिभिल सहकारीका ऋणीलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम 

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ऋणीलाई ऋण तिर्न ताकेता गरेको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण तिर्न अल्टिमेटम दिएको हो । 

जारी सूचनाम भनिएको छ, ‘बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित तपसिलमा उल्लेखित सहकारी संस्थाका ऋणहरूले सो संस्थाबाट उपभोग गर्नु भएको ऋण कर्जा रकमको सावाँ व्याज यो सूचना प्रकाशित गरिएको मितिले ३५ दिनभित्र आफूले उपभोग गरेको ऋण कर्जाको सावाँ तथा व्याज तपसिलमा उल्लेखित बैंक खातामा जम्मा गरि सोको भौचर यस समितिको कार्यालयमा पेश गरि कर्जा राफसाफ गर्नु हुन सूचित गरिन्छ ।’ 

यसका साथै उक्र समयभित्र आफूले उपभोग गरेको ऋण कर्जाको दायित्व राफसाफ नगरेको खण्डमा प्रदेश सहकारी ऐन, २०७६ को अनुसार कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालोसूचीमा राखी कारबाही हुने समेत सूचनामा उल्लेख छ ।  
 

Advertisment

थप समाचार