Below Menu
Below Menu

शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम १३ अर्ब ९१ करोडमा समेटियो 

शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम १३ अर्ब ९१ करोडमा समेटियो 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ६१.६१ अंकले बढेर २४८५.९४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ११५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढे पनि कारोबार रकम भने सामान्य घटेको छ । आज बजारमा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३६ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा मुक्तिनाथ कृषि कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज गणपति लघुवित्त वित्तीय कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार