Below Menu
Below Menu

सूर्योदय वोमी लघुवित्तकाे एफपीओमा आवेदन दिने आज अन्तिम दिन 

सूर्योदय वोमी लघुवित्तकाे एफपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिनेअ ाज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन ४ गतेदेखि थप सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा लगानीकर्ताले आज साँझ ५ बजेसम्म आवेदन दिन सक्नेछन् । 

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४६ लाख ७२ हजार ९५४ दशमलव ५० रुपैयाँ बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता शेयर निष्काशन गरेको हो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिनका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपीओ जारी गरेको हो । 

साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपश्चात बनेको सूर्योदय वोमी लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । 

कम्पनीको एपmपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसा रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ पुग्नेछ। 

Advertisment

थप समाचार