काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले भदौं ७ गते ३६ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो। उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट काठमडाौंमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तावित चुक्तापुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। कम्पनीले ४ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । सभाले नगद लाभांश र बोनस शेयरबापतको कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार ६८ दशमलव ३९ रुपैयाँ नगद लाभांश स्वीकृत गर्नेछ।
यसका साथै सभाले आव २०७९।८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृत गर्ने र आव २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले कम्पनी ऐन, २०६३ को दफा १०५ (१) ग बमोजिम आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार साउन २३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।
Advertisment