Below Menu
Below Menu

मर्जर प्रस्तावसहित श्रृजनशील लघुवित्तले डाक्यो साउन २३ गते वार्षिक साधारणसभा 

मर्जर प्रस्तावसहित श्रृजनशील लघुवित्तले डाक्यो साउन २३ गते वार्षिक साधारणसभा 

काठमाडौं : श्रृजनशील लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ ।  कम्पनीको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन २३ गते साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा महोत्तरीको बर्दिबासस्थित होटल विनायक होटलमा बिहान ११ बजेखि शुरु हुनेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तसम्मको वासलात, आव २०७९/०८० को नाफा नोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण एवम् सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्नेछ ।

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार वित्तीय संस्थाको आर्थिक वर्ष ०८०÷८१ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सदस्यको निर्वाचन गर्ने, सञ्चालक समितिले पाउने बैठक भत्ता तथा दैनिक भैमण भत्ता थप निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायत अन्य नियमनकारी निकायबाट कुनै बिषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरवदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले कुनै पनि लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्ने ÷गाभिने तथा प्राप्ती र समाहित हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पति तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता, लेखापरीक्षक तथा निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरुसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितीलाई पुर्ण अख्तियारी प्रदान गर्नेलगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

Advertisment

थप समाचार