काठमाडौं : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा शिवराज अधिकारी नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका पूर्व प्रमुख अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । उनी राष्ट्रिय योजना आयोगका सदस्य थिए ।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका उपाध्यक्ष मिन बहादुर श्रेष्ठले राजिनामा दिएपछि मन्त्रिपरिषद् बैठकले अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।
Advertisment