फर्स्ट माइक्रोफाइनान्सको नाफा १७ करोड ४२ लाखमा सीमित, लाभांश क्षमता कति?

फर्स्ट माइक्रोफाइनान्सको नाफा १७ करोड ४२ लाखमा सीमित,  लाभांश क्षमता कति?

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संथा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०४ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाको यस्तो नाफा १९ करोड ८१ लाख रुपैयाँ थियो।

Sponsored Advertisement

समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २८.८७ प्रतिशतले घटेर ३० करोड ८१ लाख रुपैया पुगेको छ भने सञ्चालन आम्दानी पनि १२.३८ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा संस्थाको वितरणयोग्य मुनाफा १३ करोड ६९ लाख जसबाट संस्थाले सेयरधनीहरुलाई ११.१० प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

नाफासँगै संस्थाको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी घटेर १४ रुपैयाँ १३ पैसा पुगेको छ।

असार मसान्तसम्ममा संस्थाको नेटवर्थ १३४.७६ रुपैयाँ रहेको छ। संस्थाको खराब कर्जा बढेर २.०७ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा संस्थाको खराब कर्जा ०.६६ प्रतिशत रहेको थियो ।

थप समाचार