Below Menu
Below Menu

कालिका लघुवित्तको नाफामा सुधार, वितरणयोग्य मुनाफा कति?

कालिका लघुवित्तको नाफामा सुधार,   वितरणयोग्य मुनाफा कति?

काठमाडौं : कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सुधार आएको छ । लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.०३ प्रतिशत बढी हो। कम्पनीले अघिल्लो आर्थिक वर्षमा २ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.५४ प्रतिशत, कुल सञ्चालन आम्दानी १.५५ प्रतिशतले बढेको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज २ करोड ७८ लाख रुपैयाँ रिभर्स भएको छ। सोही कारण लघुवित्तको सञ्चालन मुनाफा १७४ प्रतिशत र खुद नाफा १३४ प्रतिशत बढ्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ ८५ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ७५.८१ गुणा छ। लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २७ पैसा छ।

३७ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २७ करोड ६ लाख रुपैयाँ छ।

Advertisment