४६ प्रतिशतले बढ्यो ग्लोबल आईएमई लघुवित्तको नाफा, ईपीएस कति?

४६ प्रतिशतले बढ्यो ग्लोबल आईएमई लघुवित्तको नाफा, ईपीएस कति?

काठमाडौं : ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

Sponsored Advertisement

विवरण अनुसार लघुवित्तले १४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाको यस्तो नाफा ९ करोड ६५ लाख रुपैयाँ थियो।

संस्थाको खुद ब्याज आम्दानी १.७४ प्रतिशत बढेको छ भने सञ्चालन नाफा ४६.९० प्रतिशतले बढेको छ। खुद ब्याजसँगै संचालन मुनाफा आएको बृद्धिका कारण लघुवित्तको खुद नाफा बढेको हो।

समिक्षा अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ४७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ४६ पैसा रहेको छ।

नाफासँगै संस्थाको प्रतिशेयर आम्दानीमा पनि वृद्धि आयको छ। समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी बढेर २२ रुपैयाँ ८९ पैसा पुगेको छ। असार मसान्तसम्ममा संस्थाको प्रतिशेयर नेटवर्थ १८३ रुपेयाँ २४ पैसा रहेको छ ।

संस्थाको खराब कर्जा घटेर ३.९० प्रतिशतमा झरेको गत आर्थिक वर्षमा संस्थाको खराब कर्जा ४.३० प्रतिशत रहेको थियो ।

थप समाचार