काठमाडौं : ‘अक्वा त्रिदेव’ व्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौँ महानगरपालिकाले २ लाख जरिवानागर्ने निर्णय गरेको छ ।
यो तारकेश्वर नगरपालिका वडा नं. १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानी हो । निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोङ्गवु क्षेत्रबाट विभिन्न ५ वटा व्राण्डका नामबाट उत्पादन भएका २०लिटरका जारबाट पानीको नमूना लिइएको थियो । यसरी लिइएको नमूना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामापरीक्षणका लागि पठाइएको थियो ।
नमूना परीक्षणबाट मंगलबार प्राप्त रिपोर्टमा अक्वा त्रिदेव व्राण्डको पानीमा फिकल कोलिफर्मभेटिएको महानगरले जनाएको छ। प्रति १ सय मिलिलिटर नमूनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ ।यो शून्य हुनुपर्छ ।
खाद्य प्राविधिक अनिल बस्नेत भने, ‘नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिमप्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । पानीमा सिएफयु ३ सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएकोवा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो ।’ कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो । यसमा भिब्रो कोलेरा भने शून्य देखाएकोछ । यो भनेको हैजा फैलिने जीवाणु नहुनु हो । बस्नेतले स्पष्ट पारे ।
डा. झाका अनुसार जरिवाना गरिएसँगै यो व्याचमा उत्पादन भएको सबै पानी विक्रीमा प्रतिबन्ध लगाइएको छ । पानीको नमूनामापानीको कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुनेछ । जार र बोतलको पानीमा कीरा, फोहर र कोलिफर्म देखिएपछिमहानगरपालिकाले उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ ।
जथाभावी निर्माण सामग्री थुपार्नेलाई जरिवाना
मंगलबार महानगर प्रहरी बलले वडा नं. ३१ का विभु गोयललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । सार्वजनिक बाटोमा बालुवामाटो खसालेर फोहर गरेपछि जरिवाना गरिएको हो । यसैगरी वडा नं. ३२ को साथी निर्माण सेवालाई ५० हजार रुपैयाँ जरिवानागरिएको छ । सडक पेटी विगारेर सार्वजनिक सम्पत्तिमा क्षति गरेकोले निर्माण सेवालाई जरिवाना गरिएको हो ।
Advertisment