Below Menu
Below Menu

आइएमईको सीईओमा पौडेल, डिजिटल रेमिट्यान्सको अवधारणा मुख्य प्राथमिकतामा

आइएमईको सीईओमा पौडेल, डिजिटल रेमिट्यान्सको अवधारणा मुख्य प्राथमिकतामा

काठमाडौं : आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिवाकर पौडेल नियुक्त भएका छन् । आइएमई र जीएमई मर्जरपछि बनेको आइएमई रेमिट्यान्सको सीईओमा पौडेल नियुक्त भएका हुन् ।

नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेर साउन ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो ।

पौडेल यसअघि साविक जीएमई रेमिट्यान्सका सीईओ थिए । ९० करोड रुपैयाँ पुँजी रहेको आइएमईले २५ करोड रुपैयाँ पुँजी भएको जीएमई गाभेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग सञ्जाल विस्तार गर्दै सन् २००१ मा उक्त कम्पनीले आफ्नो सेवा प्रथम पटक मलेशियाबाट शुरु गरेको थियो ।

एकीकृत कारोवार पश्चात् आइएमईका नवनियुक्त कार्यकारी प्रमुख दिवाकर पौडेलले यो मर्जरपछि समग्र रेमिट्यान्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

पौडेलले भने ‘रेमिट्यान्स सेवामा प्रयोग हुँदै आएका र आउन बाँकी अन्य प्रविधिलाई कार्यान्वयन ल्याउने तथा डिजिटल रेमिट्यान्सको अवधारणालाई हामीले मुख्य प्राथमिकतामा राखेका छौँ । डिजिटल रेमिट्यान्स तर्फको रुपान्तरणले आइएमईको सेवालाइ थप चुस्त र सुलभ बनाउने छ ।’

Advertisment

थप समाचार