Below Menu
Below Menu

गोलभेडाको मूल्य ६३ प्रतिशतले घट्दा आलुको मूल्यमा उच्च वृद्धि 

गोलभेडाको मूल्य ६३ प्रतिशतले घट्दा आलुको मूल्यमा उच्च वृद्धि 

काठमाडौं :  एक बर्षको अवधिमा नेपाली ठूलो गोलभेडाको मूल्य ६३.०४ प्रतिशतले घटेको छ । गत बर्षको भदौ ४ गते प्रति केजी १२५ रुपैयाँ रहेको गोलभेडाको मूल्य घटेर चालु आर्थिक बर्षको सोही अवधिमा आइपुग्दा ७६.६७ रुपैयाँमा झरेको हो । 

कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार यस अवधिमा भारतीय ठूलो गोलभेडाको मूल्य ८६.६७ रुपैयाँ, सानो गोलभेडाको मूल्य प्रति केजी ४३.६७ रुपैयाँ र सानो गोलभेडाको मूल्य प्रति किलो ५४ रुपैयाँ कायम रहेको छ ।  

त्यसैगरी यस अवधिमा आइपुग्दा आलुको मूल्य भने बढेको छ । समितिका अनुसार गत बर्ष प्रतिकिलो ५१ रुपैयाँ रहेको रातो आलुको मूल्य किलोमा २५ प्रतिशतले बढेर ६८ रुपैयाँ पुगेको छ

यस अवधिमा भारतीय रातो आलुको मूल्य प्रतिकिलो ५६ रुपैयाँ रहेको छ भने मुडेको आलुको मूल्य प्रतिकेजी ६२ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै सेतो आलुको मूल्य प्रतिकिलो ५३ रुपैयाँ ५० पैसा रहेको छ । जुन गत वर्षको तुलनामा १९.६३ प्रतिशतले बढी हो । 

समितिका अनुसार यस अवधिमा लाम्चो भन्टाको मूल्य केजीमा ३९.२८ प्रतिशतले घटेको  हो । गत बर्ष प्रतिकेजी ३५ रुपैयाँ रहेको लाम्चो भन्टा ४६.६७ मा झरेको छ । त्यसैगरी गत बर्ष प्रतिकेजी ११० रुपैयाँमा रहेको तुने बोडीको मूल्य ६६.६७ प्रतिशतले घटेर ६६ रुपैयाँमा झरेको छ ।

यस अवधिमा रायोको सागको मूल्य ९२.९९ प्रतिशतले घटेर १४६ रुपैयाँबाट ७६ रुपैयाँमा झरेको छ । डल्ले च्याउ मूल्य १.३२ प्रतिशतले बढेको हो । गत बर्ष केजीको ३७५ रहेको डल्ले च्याउ अहिलेको बढेर प्रतिकिलो ३८० रुपैयाँ पुगेको छ ।

समितिका अनुसार यस अवधिमा पाकेको फर्सीको मूल्य १२.५० प्रतिशतले बढेर प्रतिकिलो ६० रुपैयाँ पुगेको छ भने हरियो फर्सीको मूल्य भने किलोमा ३३.३४ प्रतिशतले घटेर प्रतिकिलो ६५ रुपैयाँमा झरेको छ । 

नेपाली भान्सामा अत्यावश्यक रुपमा प्रयोग हुने प्याजको मूल्य २०.४९ प्रतिशतले बढेर प्रतिकिलो ९८ रुपैयाँ पुगेको छ । यस अवधिमा आइपुग्दा हरियो खुर्सानीको मूल्य भने १५.३८ प्रतिशतदेखि ६५.२६ प्रतिशतसम्मले बढेको छ ।

गत वर्ष प्रतिकिलो ६६ रुपैयाँ रहेको हरियो खुर्सानी बढेर १९० रुपैयाँ पुगेको छ भने अकबरे हरियो खुर्सानीको मूल्य बढेर प्रतिकिलो ३२५ रुपैयाँ पुगेको छ । यस अवधिमा अदुवाको मूल्य भने ४५.४५ प्रतिशतले घटेर १९२ रुपैयाँ ५० पैसामा कारोबार भएको छ ।
 

Advertisment

थप समाचार