काठमाडौं : एक बर्षको अवधिमा नेपालले ५८ करोड भन्दा बढीको चुइंगम आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक बर्षमा ५८ करोड २७ लाख ४० हजार रुपैयाँ बराबरको चुइंगम आयात भएको होे ।
यस अवधिमा उक्त रकम बराबरको १६ लाख ९० हजार ९२ के जी आयात हँुदा ४६ करोड ८९ लाखको ८ हजार रुपैयाँको राजस्व उठेको छ ।
विभागको तथ्यांक अनुसार यस अवधिमा भारतबाट सर्वाधिक रुपमा चुइंगम आयात भएको हो । असार मसान्तसम्म भारतबाट ५६ करोड ४ लाख १९ हजार रुपैयाँ बराबरको १५ लाख ९३ हजार ३ सय केजी चुइगम आयात भएको छ ।
त्यसैगरी चिनबाट २ लाख ७१ हजार रुपैयाँ बराबरको १ हजार २३१ केजी, थाइल्याण्डबाट १२ लाख १९ हजार रुपैयाँ बराबरको २ हजार ९१९ केजी, अमेरिकाबाट १२ करोड ५५ लाख ५ हजार बराबरको ७५ केजी र भेटनामबाट ५२ लाख ९१ हजार रुपैयाँ बराबरको ३ हजार ८ केजी चुइंगम आयात भएको छ ।
त्यसैगरी नेपालले बेल्जियमबाट ११ हजार रुपैयाँ बराबरको ३२ केजी, नेदरल्याडबाट ५२ हजार रुपैयाँ बराबरको २१ केजी, आयरल्यान्डबाट १३ लाख ६३ हजार रुपैयाँ बराबरको २१० केजी, स्पेनबाट ४० हजार रुपैयाँ बराबरको ९ केजी र अन्य देशहरुबाट ११ लाख २२ हजार रुपैयाँ बराबरको २३ हजार ९ केजी चुइंगम आयात भएको तथ्यांकमा उल्लेख छ ।
Advertisment