काठमाडौं : सिविआईएल सेक्यूरिटिज लिमिटेडले लाभांश प्रताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने भएको हो । प्रस्तावित लाभांश प्रस्ताव पारिथ गर्न कम्पनीले असोज ६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा कम्पनीको प्रधान कार्यालय कुपण्डोल, काठमाडौंमा विहान ८ बजे हुने छ । भदौ १३ गते बसेको क्यापिटलको सञ्चालन समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशतका दरले हुन आउने एक करोड ५ लाख २६ हजार ३१५ दशमलव ७९ रुपैयाँ बराबरको कर सहितको नगद लाभांश दिने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०६०र८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङग्याउनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । जस अनुसार भदौ २४ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
Advertisment