काठमाडौं : आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फण्ड १ र आरबिबि म्युचुअल फण्ड २ ले प्रतिफल घोषणा गरेका छन् । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा सञ्चाििलत यी दुई कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुका लागि वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन् ।
भदौ २० गते बसेको आरबिबि मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले आरबिबि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित ३.८१ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई करसहित ८.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
लाभांश वितरण प्रयोजनका लागि यी दुई फण्डहरुले भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। जसअनुसार भदौ ३० गतेसम्म कायम इकाईधनीहरुले मात्र फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Advertisment