Below Menu
Below Menu

‘बागमती नदी छेउछाउ २० मिटर जग्गा छोड्ने निर्णयमा सरकारले पुनरावलोकन गर्नुपर्छ’

‘बागमती नदी छेउछाउ २० मिटर जग्गा छोड्ने निर्णयमा सरकारले पुनरावलोकन गर्नुपर्छ’

काठमाडौं : सांसद धवलशमशेर राणाले सरकारले बागमती  नदी र त्यसका शाखा छेउछाउ २०÷२० मिटर जग्गा छोड्नुपर्ने मापदण्ड लागू गर्दा काठमाडाै‌का अधिकांश जनता सुकुम्बासीमा परिणत हुनुे अवस्था आउनसक्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा आकस्मिक समयमाबोल्दै सांसद राणाले सरकारको उक्त निर्णयलाई सर्वोच्च अदालतमा पुगेर पुनरावलोकन गर्नसमेत आग्रह गरे ।

“सरकारको यो निर्णयले काठमाडौँको ठूलो सङ्ख्या सुकुम्वासी हुन्छ”, उनले भने, “जनताको धनजनको सुरक्षा गर्ने दायित्व सरकारको हो । सरकारले सर्वोच्च अदालत गएर निर्णयमाथि पुनरावलोकन गर्नुपर्छ ।”

आकस्मिक समयमा बोल्दै सांसद नारायण खड्काले मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जस्ता प्रकोपले जनताले पाएको सास्तीबारे सरकारको ध्यानाकर्षण गराए । सांसद महेश बर्तौलाले यही भदौ १३ गते पाँचथर जिल्लाको फाल्लुङ गाउँपालिका–५ डाँडागाउँ टोलमा बेवारिसे बम विस्फोट भएको घटनाबारे गृहमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग राखे ।

सांसद सुमना श्रेष्ठले ११ दिनदेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा नभएको जानकारी गराउँदै विद्यार्थीको जीवन र शिक्षाप्रति सरकारको ध्यानाकर्षण गराइन् । सद प्रभु साहले आम जनता पार्टीका केन्द्रिय सदस्य प्रमोद राणाको रिहाइको माग गरे ।

 

Advertisment

थप समाचार