Below Menu
Below Menu

नदी तटीय क्षेत्रसम्बन्धी फैसालाले अन्योल पैदा गर्यो, तत्काल ‘भ्याकेट’मा जानुपर्छः नेता पन्त

नदी तटीय क्षेत्रसम्बन्धी फैसालाले अन्योल पैदा गर्यो, तत्काल ‘भ्याकेट’मा जानुपर्छः नेता पन्त

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रघुजी पन्तले काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसलाले ठूलो अन्योल पैदा गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सो फैसलामाथि पुनःविचार गरेर समयानुकूल बनाउन सरकार तत्काल ‘भ्याकेट’मा जानुपर्नेमा जोड दिए ।

“पुनरावलोकनका लागि सरकारले तत्काल पाइला चाल्नुपर्छ”, सांसद पन्तले भने, “फैसला गर्दा बागमती संस्कृतिप्रति ध्यान नगएको देखिन्छ काठमाडौँ, ललितपुर र भक्तपुरका जनताको मनोभावना बुझेर अदालतले आफ्नो फैसला पुनरावलोकन गर्नुपर्छ ।”

फैसला कार्यान्वयन गर्ने हो भने जलविनायक, गोकर्णेश्वरलगायत धेरै मठमन्दिर नदी किनारामा छन्, तिनलाई के गर्ने रु भन्ने प्रश्न उठेको जनाउँदै उनले भने, “अहिलेको प्रावधानले आर्यघाट कहाँ पर्छ, पशुपति र गुह्येश्वरी मन्दिर बागमतीबाट २० मिटर पनि छैन । थप २० मिटर लिने हो भने मठमन्दिरको अस्तित्व के हुन्छ रु” उपत्कायका नदीको दुर्दशा भएको तथ्यप्रति आफू पूर्ण सहमत भएको जनाउँदै उहाँले नदी संरक्षणमा फरक ढङ्गबाट सोच्न आग्रह गरे । 

Advertisment

थप समाचार