सूनको मूल्यमा नयाँ रेकर्ड

सूनको मूल्यमा नयाँ रेकर्ड


काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे  ताेलामा  १ लाख  ५२ हजार ४०० रुपैयाँमा कायम भएकाे  सुनको मूल्य आज तोलामा १००० रुपैयाँले बढेको  छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार