काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा प्रहरी हवल्दार डुक बहादुर खड्का क्षेत्रीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले जिल्ला प्रहरी कार्यालय, रुपन्देही अन्तर्गतमा कार्यरत प्रहरी हवल्दार क्षेत्रीविरुद्ध बुधबार विशेष अदातल काठमाडौंमा मुद्दा दायर गरेको हो ।
प्रहरी हबल्दार क्षेत्रीले भारतबाट रुपन्देहीको भगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिन सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको उजुरी परेको थियो ।
सोही उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले क्षेत्रीलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
प्रहरी हवल्दार क्षेत्रीले सेवाग्राहीसँग घुस÷रिसवत माग गरी लिएको पुष्टी भएको भन्दैं आयोगले मुद्दा दायर गरेको हो ।