काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक सय रुपैयाँले घटेको हो । त्यस्तै अआज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।