काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । भदौ २६ गते बुधबार एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।