काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । भदौ २८ गते शुक्रबार तीन हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।