Below Menu
Below Menu

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीति आवश्यक छ: मन्त्री भण्डारी

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीति आवश्यक छ: मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यक रहेको बताएका छन् ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून रहेकाले निर्यात बढाउन ठोस नीति बनाउनुपर्नेमा जोड दिए ।

“तेस्रो मुलुकमा निर्यातभन्दा आयात धेरै छ, पारवहनको संरचना समय सापेक्ष हिसाबले बढ्नुपर्नेमा घट्दै गएको छ, व्यवसाय बढ्नुपर्नेमा पारवहन धरासायी अवस्थामा पुगेको छ, यही ढङ्ले संस्था चल्न सक्दैन, यस्तै भए सरकारले सोच्नुपर्ने हुन्छ, फजुल सरकारी बजेट दुरुपयोग भइरहेको छ, ठोस नीति आवश्यक छ योजना बनाउनुस्, संस्था चलायमान बनाउन सरकारको आग्रह छ”, मन्त्री भण्डारीले भने ।

भारतका विभिन्न ठाउँमा रहेका ‘पोर्ट’लाई व्यवस्थित बनाउन मन्त्री भण्डारीले निर्देशन समेत दिए । “हाम्रो नीति निर्यात बढाउने हुनुपर्छ, ठोस योजना बनाएर प्रस्ताव ल्याउनुस्, मन्त्रालयबाट आवश्यक सहयोग रहन्छ”, उनले भने । साथै उनले पारवहनका पदाधिकारीलाई साझेदार संस्थासँग हातेमालो गरेर ठोस योजना बनाउन आग्रह गरे ।

संस्थालाई चलायमान बनाएर समयसापेक्ष ढङ्गबाट चलाउन नसकिएको अवस्थामा सरकार घाटा बेहोरेर सञ्चालन गर्ने पक्षमा नरहेको मन्त्री भण्डारीको भनाइ थियो । पारवहनले सन्तोषजनक ढङ्गबाट कार्यसम्पादन गर्न नसके यसको औचित्य नै समाप्त हुने उनले बताए । “पारवहन सन्तोषजनक ढङ्गले नचले राज्यका लागि बोझ बनाउन सरकारले चाहेर पनि चलाउन सक्दैन”, मन्त्री भण्डारीले भने ।

 

Advertisment

थप समाचार