काठमाडौं : नेपाली बजारमा आज सोमबार सुनको मूल्य हाल्म्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो १ लाख ५६ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा १ लाख ५७ हजार नाघेर नयाँ रेकर्ड बानाएको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।