काठमाडौं : नेपाली बजारमा मंगलबार सुचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।