काठमाडौं : काङ हाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच माथिल्लो मैवा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत खरिद-बिक्री सम्झौता भएको छ । उक्त आयोजनाबाट १७.८५ मेघावाट विद्युत उत्पादन हुनेछ।
ताप्लेजुङ जिल्लाको मैवा खोला गाउँपालिका र मिरिङदेन गाउँपालिका भएर बग्ने मैवा खोलामा निर्माण हुने उक्त माथिल्लो मैवा जलविद्युत आयोजनाको निर्माण सम्झौतानुसार आगामी २०८६ आषाढ १ गते सम्पन्न भएर व्यापारिक उत्पादन सुरु हुने कम्पनीका प्रबन्ध निर्देशक तथा इन्जिनियर गणेश प्रसाद सुव्वाले जानकारी दिए ।
आयोजना निर्माणका लागि आवश्यक पूर्वाधार बाटो, विद्युत निर्माण आयोजना स्थलमा पुगिसकेको सन्दर्भमा आयोजना निर्माण तत्काल सुरु भई तोकेको समयभन्दा अगाडि नै सम्पन्न हुने समेत सुव्वाले बताए ।
आयोजनाको अनुमानित लागत ३ अर्ब ५० करोड रहेको छ । जसमध्ये बैंकहरूबाट ७० प्रतिशत र शेयर सदस्यबाट ३० प्रतिशत लगानी रहने छ।
Advertisment