भदौमा ५६ प्रतिशतले घट्यो वैदेशिक लगानी, जलविद्युत क्षेत्रमा शुन्य 

भदौमा ५६ प्रतिशतले घट्यो वैदेशिक लगानी, जलविद्युत क्षेत्रमा शुन्य 

काठमाडौं : चालु आर्थिक वर्षको भदौं महिना सवा चार अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता भित्रिएको छ । उद्योग विभागको तथ्यांक अनुसार यस अवधिमा ४ अर्ब ११ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

विभागका अनुसार यस अवधिमा सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी २८ उद्योगका लागि सो रकम बराबरको  लगानी प्रतिबद्धता आएको हो ।

उक्त लगानी गत साउन महिनाको तुलनामा करिब ५६.५० प्रतिशत अर्थात ५ अर्ब ३४ करोड ७९ लाख रुपैयाँले कम हो । जबकी गत साउनमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) गरी ९९ उद्योगका लागि ९ अर्ब ४६ करोड ४५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । .

उद्योग विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटमार्फत भने २६ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यस्तै विदेशी लगानीका ३८ नयाँ उद्योगका लागि ३ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ भने एपीए र एसएसएका ७ उद्योगका लागि २८ करोड ४२ लाख ५० हजार रुपैयाँ प्रतिवद्धता आएको हो । 

यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग ९५ वटा र ठूला उद्योग दुई वटा रहेका छन् । विभाग अनुसार भदौै मसान्तसम्म सूचना प्रविधि क्षेत्रका तीन वटा, निर्माण क्षेत्रका ६ वटा, सेवामुलक क्षेत्रका १५ र पर्यटन क्षेत्रका ७१उद्योग दर्ता भएका छन् ।
त्यस्तै यस अवधिमा कृषि क्षेत्रका दुई वटा उद्योग दर्ता भएका छन् भने पूर्वाधार, जलविद्युत र खनिज क्षेत्रका उद्योगमा लगानी शुन्य रहेको छ ।

विभागका अनुसार यस अवधिमा दर्ता भएका उद्योगबाट १६२ जनाले रोजगारी पाउने भएक छन् । त्यस्तै नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत लाने लाभांश पनि घटेको छ । 

यस अवधिमा विदेशी लगानीकर्ताले नाफा वापत ६ करोड ४० लाख ४२ हजार रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् । भदौं मसान्तसम्म विदेशी लगानीमा सञ्चालित उद्योगबाट भएको नाफा वापत सो बराबरको लाभांश लैजान प्रस्ताव गरेका हुन् ।

यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत ३५ करोड १४ लाख ७९ हजार रुपैयाँ, २ लाख ६७ हजार अमेरिकी डलर र ३७ लाख ४६ हजार रुपैयाँ रोयल्टी लैजान प्रस्ताव गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
 

थप समाचार