आन्तरिक राजस्व विभागको राजस्व १५ प्रतिशतले बढ्यो, भदौंसम्म उठ्यो साढे ७७ अर्ब 

आन्तरिक राजस्व विभागको राजस्व १५ प्रतिशतले बढ्यो, भदौंसम्म उठ्यो साढे ७७ अर्ब 

काठमाडौं : आन्तरिक राजस्व विभागले राजस्व संकलनमा उल्लेखनीय सुधार गरेको छ । चालु आर्थिक वर्षको भदौंसम्म विभागले लक्ष्यको ८३.६१ प्रतिशत राजस्व संकलन गरेको छ । विभागले यस अवधिमा ७७ अर्ब ७३ करोड ९२ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । 

उक्त राजस्व गत वर्षको सोही अवधिको तुलनामा १५.१५ प्रतिशत अर्थात १० अर्ब २३ करोड ६ लाख रुपैयाँले बढी हो । गत वर्ष विभागले ६७ अर्ब ५० करोड ८६ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको थियाे ।

भदौं मसान्तसम्म विभागले ९२ अर्ब ९८ करोड ३२ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यस अवधिमा आयकरबाट २० अर्ब ४७ करोड १३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा १५ अर्ब ३१ करोड २ लाख रुपैयाँ उठाएको छ । जुन लक्ष्यको ७४.७९ प्रतिशत हो । 

यस अवधिमा विभागले घरबहाल करबाट लक्ष्यको ७६.४८ प्रतिशत राजस्व संकलन गरेको छ । उक्त शीर्षकबाट ३५ अर्ब ६४ करोड ९५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको विभागले २७ अर्ब २६ करोड ३४ लाख रुपैयाँ उठाएको हो । 

त्यसैगरी, विभागले ब्याजबाट यस अवधिमा ७ अर्ब ६६ करोड ५९लाख रुपैयाँ राजस्व उठाएको छ । यस अवधिमा ११ अर्ब ३९ करोड १० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । लक्ष्यको ६७.३० प्रतिशतमा मात्रै उठाउन सफल भएको छ । 

विभागका अनुसार भ्याटबाट यस अवधिमा लक्ष्यको ७८.६६ प्रतिशत राजस्व संकलन भएको छ । भ्याटबाट २७ अर्ब २४ करोड ६५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको विभागले २२ अर्ब १९ करोड ७० लाख रुपैयाँ राजस्व उठाएको हो । 

चालु आवको भदौं मसान्तसम्म अन्तशुल्क शीर्षकमा १६ अर्ब ७४ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन लक्ष्यको ९९.०९ प्रतिशत हो । विभागले उक्त शीर्षकमा १६ अर्ब ९० करोड ३६ लाख रुपैयाँ राजस्व उठाउन लक्ष्य लिएको थियो । 
त्यस्तै यस अवधिमा स्वास्थ्य शीर्षकमा विभागले लक्ष्यको १३९.०२ प्रतिशत राजस्व संकलन गरेको छ । स्वास्थ्य शीर्षकमा ७२ करोड एक लाख रुपैयाँको लक्ष्य लिएको विभागले एब अर्ब ११ लाख रुपैयाँ उठाएको हो ।

यस अवधिमा विभागले शिक्षा शीर्षकमा पनि लक्ष्यको दोब्बर रजस्व संकलन गरेको  छ । भदौं मसान्तसम्म शिक्षा शीर्षकमा २८ करोड ५१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको विभागले ६० करोड ९२ हजार रुपैयाँ उठाएको हो । जुन लक्ष्यको २१०.४८ प्रतिशत हो ।

यस अवधिमा विभागले अन्य शीर्षकमा चार करोड ५५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा एक अर्ब ८७ करोड ६ लाख रुपैयाँ उठाएको छ । जुन लक्ष्यको ४१०७.४१ प्रतिशतले बढी हो ।

थप समाचार