सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ५८ हजार नाघ्यो 

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ५८ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । भदौ १ गते सोमबार ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख ५७ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार