सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ५९ हजार नाघ्यो 

सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ५९ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । असोज ७ गते सोमबार ४०० रुपैयाँले बढेर प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार