एक करोडसम्म कारोबार गर्ने करदाताले असोजभित्रै आयविवरण बुझाउनु पर्ने, म्याद थप नहुने

एक करोडसम्म कारोबार गर्ने करदाताले असोजभित्रै आयविवरण बुझाउनु पर्ने, म्याद थप नहुने

काठमाडौं : वार्षिक एक करोड भन्दा कम कारोबार गर्ने कम्पनीहरुले असोज मसाान्तभित्रै आय विवरण पेश गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै वार्षिक एक करोडसम्म कारोबार गर्ने कम्पनीको म्याद नगर्ने निर्णय गरेको हो ।

सबै करदातालाई पुस मसान्तसम्मको विवरण बुझाउने म्याद राख्दा विभागको कम्प्युटर प्रणालीमा भार पर्न गएको भन्दै विभागले यस्तो व्यवस्था गरेको हो । 

यसका साथै विभागले वार्षिक २५ करोडसम्म कारोबार गर्ने कम्पनीलाई मंसिर मसान्त र २५ करोड भन्दा बढी कारोबार गर्ने कम्पनीलाई पुष २० गतेसम्म मात्रै म्याद थप गर्ने निर्णय गरेको छ । 

यसअघि विभागले पहिले तीन महिना र पछि तीन महिना गरी आर्थिक वर्ष सकिएको ६ महिनासम्म आय विवरण बुझाउने म्याद दिने गरेको थियो ।


 

थप समाचार