सुनको मूल्य हालसम्मकै उच्च, तोलामै नाघ्यो एक लाख ६० हजार 

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै नाघ्यो एक लाख ६० हजार 

काठमाडौं : नेपाली बजारमा आज बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । असोज ८ गते मंगलबार ५०० रुपैयाँले बढेर एक लाख ५९ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदी तोलामा ४० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतिताेला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार