काठमाडौं : एसियाली डेभलपमेन्ट बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले यस्तै जनाएको हो । तथापी चालु आवमा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।
आव २०८०/८१ मा एडीबीले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेको थियो । यसका साथै एडीबीले नेपालको मूल्यवृद्धि दर ५.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकले भने र्मल्यवृद्धि ५ प्रतिशतमा सिमित राख्ने लक्ष्य राखेको छ ।
अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) पछि एडीबीले नेपालको अर्थतन्त्रमा सुधार देखिएको जनाएको छ । पर्यटन र विद्युत उत्पादनमा क्षमतामा भएको वृद्धिले नेपालको अर्थतन्त्र सकारात्मक बन्दै गएको एडीबीको भनाई छ ।