सुनको मूल्यमा फेरी रेकर्ड, प्रतितोला एक लाख ६१ हजार नाघ्यो 

सुनको मूल्यमा फेरी रेकर्ड, प्रतितोला एक लाख ६१ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । असोज १० गते बिहिबार ३०० रुपैयाँले बढेर एक लाख ६० हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार