४.७१ प्रतिशत ब्याजदरमै सरकारले उठायाे ८० अर्ब आन्तरिक ऋण 

४.७१ प्रतिशत ब्याजदरमै सरकारले उठायाे ८० अर्ब आन्तरिक ऋण 

काठमाडौं : सरकारले चालू आर्थिक वर्षको असोज ९ गतेसम्ममा ८० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत सरकारले औसत ४.७१ प्रतिशतको ब्याजदरमा उक्त रकम बराबरको ऋण उठाएको हो ।

सरकारले यस अवधिमा आठ पटक गरी तीन वर्षदेखि ११ वर्षसम्मको लामो अवधिका सो रकम बराबरको आन्तरिक ऋण उठाएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा सरकारले यस अवधिमा विकास ऋणपत्र मार्फत सस्तो ब्याजरमा ऋण उठाएको हो । गत आवमा सरकारले औसत ६.९७ प्रतिशतको ब्याजदरमा विकास ऋणपत्रमार्फत ७२ अर्ब ७१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिदै गएको छ । बजारमा तरलता सहज भएसँगै सरकारले सस्तो ब्याजदरमा ऋण उठाएको हो । 

थप समाचार