Below Menu
Below Menu

आजदेखि तीन दिनसम्म राष्ट्रिय शोक मनाइने 

आजदेखि तीन दिनसम्म राष्ट्रिय शोक मनाइने 

काठमाडौं : सरकारले बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आजदेखि तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ अमेरिका भ्रमणबाट फर्किएलगत्तै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको थियो । बैठकले यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मुलुकभर आएको बाढी र पहिरोमा परी निधन भएका प्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोक घोषणा गर्ने र तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय हो । 

राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा भने दिइएको छैन। बैठकले बाढीपहिरोबाट प्रभावित जनताको तत्काल राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषमा एक अर्ब उपलब्ध गराउने निर्णय गरेको छ । 

Advertisment