सुनको मूल्य हालसम्मकै उच्च, तोलामा एक लाख ६१ हजार २०० पुग्यो 

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा एक लाख ६१ हजार २०० पुग्यो 

काठमाडौं : नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । असोज ११ गते शुक्रबार ५०० रुपैयाँले बढेर एक लाख ६१ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार