सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि तोलामा चार सयले घट्यो 

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि तोलामा चार सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९४०रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार