Below Menu
Below Menu

अर्थतन्त्र सुधारोन्मुख, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 

अर्थतन्त्र सुधारोन्मुख, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 

काठमाडौं :  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ ।

उक्त तथ्यांक अनुसार यस अवधिमा अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएका छन् । मूल्य वृद्धि निरन्तर घटेको छ भने रेमिट्यान्स बढ्दा विदेशी विनिमय सञ्चिति पनि पर्याप्त रहेको छ । 

राष्ट्र बैंकका अनुसार यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ । आयात १.१ प्रतिशतले बढेको र निर्यात ५.१ प्रतिशतले घटेको छ । 

त्यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ७७ करोडले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको छ । नेपाल सरकारको खर्च एक खर्ब ३७ अर्ब ५५ करोड र राजस्व परिचालन एब खर्ब ६६ अर्ब ३९ करोड रहेको छ । 

भदौं मसान्तसम्म आइपुग्दा विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेको छ  । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ ।
 

Advertisment