Below Menu
Below Menu

आयात बढ्दा निर्यात घट्यो, व्यापार घाटा दुई खर्ब ३७ अर्ब माथि

आयात बढ्दा निर्यात घट्यो, व्यापार घाटा दुई खर्ब ३७ अर्ब माथि

काठमाडौं : चालु आर्थिक वर्षको भदौ मसान्तसम्म आइपुग्दा मुलुकको आयात बढेको छ भने निर्यात घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा लयस्तो देखिएको हो । 

राष्ट्र बैंकका अनुसार यस अवधिमा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्धि भई २ खर्ब ६२ अर्ब ५४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५.१ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ०.१ प्रतिशत र ५.१ प्रतिशतले कमी आएको छ भने चीनबाट भएको आयात ११।९ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिमा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी २५ अर्ब ९ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४।५ प्रतिशत, ४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको छ।

चालु आर्थिक वर्षको २ महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले वृद्धि भई २ खर्ब ३७ अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.७ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो।

 

Advertisment

थप समाचार