सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ६२ हजार नाघ्यो 

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ६२ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा आज बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । असोज ३० गते बुधबार एक हजार ३०० रुपैयाँले बढेर एक लाख ६१ हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एब लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

थप समाचार